पुनः मतगणनाको आदेशपछि पुस्कल भन्छन्ः जीत हार हैन, जनमतको कदर होस्
पाेखरा | चैत २२, २०७९
पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदमा ३ मतले पराजित भएपछि पुस्कलबहादुर थापाले पुन मतगणना गर्न उच्च अदालत पोखरामा दिएको निवेदन सुनुवाई भएको छ ।
अदालतले वैशाख २० मा पुनः मतगणनाको आदेश दिएपछि थापाले लोकतान्त्रिक व्यवस्थामा जनताको मतको कदर गरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘मेरो जीत वा हारले खासै अर्थ राख्दैन’ थापाले भने ‘लोकतान्त्रिक व्यवस्थामा जनताको मत सर्वाेच्च हो, जनमतको कदर हुनुपर्छ ।’ चुनावी प्रक्रियामाथि जालझेल हुन नहुने भन्दै आफुले हारको आक्रोशले नभई मतदाता र व्यवस्थामाथि प्रहार हुनुहँदैन भन्ने आशयकासाथ अदालतमा निवेदन दिएको थापाको भनाई छ ।
थापा भन्छन् ‘म हार्न पनि सक्छु, उहाँले (वर्तमान वडाध्यक्ष) ३ को सट्टा २० भोट बढी ल्याएर जित्न पनि सक्नुहुन्छ, तर जनताको मतमाथि धोका हुनुभएन ।’
जीत वा हारलाई सहर्ष स्वीकार्नुपर्ने बताउँदै उनले आफु पुनः पराजित भए वडाध्यक्षलाई फुल अबीरसहित बधाई दिने बताए । ‘हाम्रो स्वार्थ यहाँको उन्नती, विकास हो’ थापाले भने ‘हामी असल राजनीतिक संस्कारका पक्षधर हौं ।’
मतगणनामा नेकपा एमाले उम्मेदवार थापालाई हराउँदै नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले भने तिमिल्सिनाले १६ सय ४३ र थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

